हङकङ बजार व्यवसायीको रोकिएन आन्दोलन, भन्छन् – 'ठेकेदारको प्रवेश भए सडक तताउछौं'

पाेखरा | जेठ ११, २०८०

हङकङ बजार व्यवसायीको रोकिएन आन्दोलन,  भन्छन् – 'ठेकेदारको प्रवेश भए सडक तताउछौं'

पोखरा:   कृषि सामग्री कम्पनी लिमिटेडले पोखराको हङकङ बजारलाई टेण्डर प्रक्रियामा लैजान खोजेपछि व्यवसायीहरु चरणबद्ध आन्दोलनमा छन् ।
 

उनीहरुले आफ्नो माग पूरा नभएको भन्दै निरन्तर विरोध जनाउदै आएका छन् । उनीहरुले विभिन्न  नाराबाँजीसहित महानगर र वडा कार्यालय घेर्दै विरोध गरिरहेका छन् ।
 

चरणबद्ध आन्दोलनमा रहेका उनीहरुको आज १ सय १८ दिन पुगेको छ । 

 

ए​कदशक अगाडिबाट पोखरा महानगरपालिका ९ स्थित कृषि साम्रगी कम्पनीको स्वामित्वमा रहेको ७ रोपनी जग्गामा बसेर फुटपाथ व्यवसायीलाई व्यवस्थापन गर्दै एकिकृत बजारको मोडलमा हङकङ बजार निर्माण गरिएको थियो ।

 

हाल सोही बजारमा व्यवसाय गर्दै आएकामाथि कम्पनीले अस्वाभाविक भाडा बढाएको भन्दै आन्दोलनमा उत्रेका हुन् ।  

 

कृषि सामाग्री कम्पनीको स्वामित्वमा रहेको जग्गा फुटपाथ व्यवसायीहरु भन्दा अगाडि नै नन्द प्रसाद तिवारीले भाडा लिएको र अहिले तिवारी र कम्पनीले गरेको सम्झौता अवधि सकिएको भन्दै कम्पनीले न्यूनतम १२ लाख १५ हजार भाडा दिन सिलबन्दी बोलपत्र आह्वान गरेपछि व्यवसायीले विरोध गर्नुको विकल्प नरहेको व्यवसायीहरुको भनाई छ । 

 

पोखरा हङकङ बजार व्यवस्थापन समितिका अध्यक्ष कृष्णमाया गुरुङले कृषि सामग्री कम्पनीले व्यवसायीको हित विपरित टेण्डर प्रक्रियाबाट बजारमा ठेकेदार भित्राए सडकमा आएर व्यवसाय सञ्चालन गर्ने चेतावनी दिइन् ।

 

उनले माग पूरा नभएर सडक तताउनेसमेत बताइन् ।

‘कम्पनीले फुटपाथ व्यवसायीहरुको हित विपरित भाडादर बढाएर विचौलियालाई फाइदा पुग्ने गरी टेण्डर आह्वान गरेको छ, गुरुङ आक्रोशित हुदै भनिन्, ‘हामीलाई त्यहाँ व्यवस्थापन गर्दा झाडी नै झाडी थियो, अहिले बजार भइसकेपछि विचौलियाहरुलाई फाइदा पुग्ने गरी टेण्डर आह्वान भएको छ ।’

 

उनले फुटपाथ व्यवसायीहरुको हित विपरित टेण्डर प्रक्रियाबाट ठेकेदार प्रवेश गरे बजारको क्षतिपूर्ति माग गर्दै सडकमा नै आएर व्यवसाय सञ्चालन गर्ने सुनाइन्  ।

 

यता कृषि सामग्री कम्पनीको स्वामित्वमा रहेको ७ रोपनी जग्गा कम्पनीले न्यूनतम १२ लाख १५ हजारमा नघट्ने गरी सिलबन्दी बोलपत्र आह्वान गरेपछि तीन जनाले टेण्डर प्रक्रियामा भाग लिएको कृषि सामग्री कम्पनी लिमिटेड पोखराले जनाएको छ । 


 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्